jQuery(document).ready(function($){ //
});

दमक, झापा — दमक अस्पतालमा आधुनिक सुविधासम्पन्न आइसोलेसन केयर युनिट (ICU) निर्माण कार्य भोलिदेखि सुरु हुने भएको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट 325C र दमक अस्पतालको संयुक्त सहकार्यमा यो महत्वपूर्ण परियोजना अघि बढ्न लागेको हो।

कुल करिब २ करोड १ लाख रुपैयाँको लागतमा निर्माण हुने ICU का लागि लायन्स क्लबले करिब १ करोड ५० लाख रुपैयाँ र दमक अस्पतालले करिब ५१ लाख रुपैयाँ सहयोग गर्नेछ।

RAWA Hills Town Property

RAWA Hills Town Property

निर्माण कार्य यही वैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने जेठ महिनादेखि ICU सेवा सञ्चालनमा ल्याइने अस्पताल प्रशासनले जानकारी दिएको छ।

यो पहलले दमकसहित आसपासका क्षेत्रका गम्भीर बिरामीहरूलाई समयमै प्रभावकारी उपचार सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय