jQuery(document).ready(function($){ //
});

दमक, १७ वैशाख — दमक नगरपालिका वडा नं ९ स्थित श्री सरस्वती माध्यमिक विद्यालयले २०८२ साल वैशाख ३ गते दमक नगरपालिकामा बुझाएको ज्ञापनपत्रको सन्दर्भमा नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। उक्त विद्यालयको नाममा वडा नं ८ मा रहेको जग्गामा हाल ‘गडमदर एकेडेमी एण्ड टेक्नोलोजी’ नामक निजी विद्यालय सञ्चालनमा रहेकोमा नगर कार्यपालिकाको २०८१ साल भदौ ७ गतेको बैठकले सो विद्यालयलाई उक्त स्थानबाट हटाउने निर्णय गरिसकेको थियो। निर्णयको कार्यान्वयन स्वरूप नगरपालिका कार्यालयले २०८१ साल चैत २६ गते गडमदर एकेडेमीलाई आगामी शैक्षिक सत्र २०८२ देखि सो स्थानमा विद्यालय सञ्चालन नगर्न/नगराउन स्पष्ट निर्देशन दिएको छ। साथै, सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिले समेत २०८२ साल वैशाख १ गतेको पूर्वसन्देश दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी सबैलाई जानकारी गराइसकेको छ। नगरपालिकाले पुनः स्पष्ट पारेको छ कि शैक्षिक सत्र २०८२ देखि सरस्वती माध्यमिक विद्यालयको जग्गामा कुनै पनि विद्यालय सञ्चालन गर्न नपाइने र सोहीअनुसार विद्यार्थी भर्ना लगायत सम्पूर्ण शैक्षिक गतिविधिमा रोक लगाइएको छ। यस निर्णयलाई कार्यान्वयन नगरे कानूनी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत नगरपालिकाले दिएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय