
झापा, बैशाख ६ – झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११ निवासी ३५ वर्षीया चन्द्र कुमारी राई जंगली च्याउ खाँदा बिरामी परेकी छन्। विहान करिब ९:०० बजे जंगलबाट टिपेर ल्याइएको च्याउ पकाई खाएपछि उनी अस्वस्थ भएपछि उपचारको लागि दिउँसो ३:०० बजे दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको हो।
पीडित महिला रोशन राईकी श्रीमती हुन्। अस्पताल स्रोतका अनुसार उनको बोल्ने अवस्था मध्यम रहेको छ र उपचार जारी छ। चिकित्सकहरूले जंगली च्याउ विषालु हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन्।
यसैबीच, स्थानीयवासी तथा स्वास्थ्यकर्मीहरूले जंगली च्याउ प्रयोग गर्नु अघि विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।