jQuery(document).ready(function($){ //
});

झापा जिल्लाको दमक नगरपालिका वडा नं. ६ स्थित सभाहलमा आज एक महत्वपूर्ण परिचयात्मक तथा समसामयिक शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।

कार्यक्रममा संघीय सांसद महेन्द्र कुमारी सुब्बा, गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदी, कमल गाउँपालिकाकी उपप्रमुख प्रमिला न्यौपाने तिवारी, सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापाका प्रमुख स.प्र.व.उ. राजेश उप्रेती, कोशी प्रदेश प्रहरी गणका प्रमुख प्र.उ. रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्र.उ. राजन लिम्बु, र इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्र प्रसाद चापागाईं लगायत झापाका विभिन्न सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवी तथा समाजका भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रममा सहभागीहरूले हालको शान्ति सुरक्षा अवस्थाको समीक्षा गर्दै जनस्तरमा प्रहरीसँगको सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने विषयमा आफ्नो विचार राखेका थिए। प्रमुख अतिथि ईश्वर कार्कीले प्रदेशभरको सुरक्षा चुनौती र समाधानका उपायहरूबारे जानकारी दिँदै समुदायसँगको सहकार्यको खाँचो औंल्याए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय