झापा, दमक — २०८२ जेठ १२ गते बिहान करिब ९:५० बजे दमक नगरपालिका–९ स्थित नौघरे टोलको एक घरमा प्रहरीले छापा मारी खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जना उक्त घरमा लागुऔषधसहित फेला परेका हुन् भने चौथो व्यक्ति घरधनी स्वयं रहेका छन्।
प्रहरीका अनुसार, भगवान किन्डो उराउको घरबाट जम्मा ४ ग्राम ८८ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो। घटनास्थलबाट नियन्त्रणमा लिइएका व्यक्तिहरूमा निम्न रहेका छन्:
१. अजय राई, उमेर २४, दमक–९, नौघरे टोल।
२. रोहित गौतम, उमेर २३, दमक–९, सुर्यदय टोल।
३. राजु सुनुवार, उमेर ३१, दमक–९, माछाखाडी टोल।
४. भगवान किन्डो उराउ, उमेर ५०, घरधनी, दमक–९।
प्रहरीले सबै अभियुक्तहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ गरी अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जनाएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा लागुऔषध दुव्र्यसन बढ्दै गएको सङ्केत दिएको भन्दै सुरक्षा निकायले निगरानी कडा बनाएको जनाइएको