jQuery(document).ready(function($){ //
});

झापा — झापाको दमकमा प्रहरीले विशेष स्वीप अपरेसन सञ्चालन गरी एकै रातमा ५० जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार गएराति १०:३० बजेदेखि ११:४० बजेसम्म अपरेसन सञ्चालन गरिएको थियो।

दमक नगरपालिका वडा नं. ६, ७ र ८ का विभिन्न स्थानहरू — दमक बजार, पशुहाट, बसस्टेन्डलगायत क्षेत्रहरूमा अपरेसन गरिएको हो। प्रहरीले अनाधिकृत गतिविधि गर्ने, लागूऔषध सेवनकर्ता, मादक पदार्थ सेवन गरी हिडडुल गर्नेहरु रोक्नका लागि अपरेसन चलाएको जनाएको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार पक्राउ परेकामध्ये प्रारम्भिक छानबिनपछि १६ जनालाई राति नै रिहा गरिएको छ भने बाँकी ३४ जनालाई थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।

प्रहरीले यस्ता अपरेसन आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन गरिने जनाएको छ। स्थानीय सुरक्षाको सुदृढीकरणका लागि यस्ता कदमहरू आवश्यक रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय