jQuery(document).ready(function($){ //
});

दमक, झापा — पछिल्लो केही दिनयता देशभर तापक्रममा तीव्र वृद्धि भएसँगै दमक क्षेत्रमा समेत अत्यधिक गर्मीको प्रभाव देखिन थालेको छ। बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएकोले दमक नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू आगामी मिति २०८२ जेष्ठ २९ र ३० गते (विहिबार र शुक्रबार) दुई दिनका लागि बन्द गरिने भएको छ।

दमक नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “अत्यधिक गर्मीका कारण शिक्षण सिकाइ गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले विद्यार्थीको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा विद्यालय बिदा दिइएको हो। यो बिदा पछिको मौसमी बिदाबाट कट्टा गरिनेछ।”

RAWA Hills Town Property

RAWA Hills Town Property

नगरपालिकाले सबै अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनलाई सूचित गर्दै सर्तकता अपनाउन आग्रह गरेको छ। गर्मीको कारण स्वास्थ्यमा समस्या नआओस् भन्ने उद्देश्यले विद्यालय बन्दको निर्णयलाई स्थानीयबासीले सकारात्मक रूपमा लिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय