दमक, झापा — दमक नगरपालिकाले लागू गरेको एकतर्फी पार्किङ नियमको उल्लंघन गर्ने मोटरसाइकल तथा स्कुटरहरू विरुद्ध नगर प्रहरी बल, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष अनुगमन गर्दै कडाईका साथ कारबाही थालेको छ। नगर प्रहरी दमकका प्रमुख रुद्र जङ्ग कार्कीले जानकारी दिए अनुसार, दमक नगर क्षेत्रलाई व्यवस्थित, सुगम र ट्राफिक जामरहित बनाउन यो अभियान निरन्तर चलाइनेछ। साथै बजार क्षेत्रको पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउँदै नियम निम्नानुसार लागू गरिएको छ: हरेक महिनाको १ गतेदेखि १५ गतेसम्म — सडकको पूर्वी पट्टि मात्र पार्किङ गर्नुहोस्। १५ गतेदेखि महिनाको अन्त्यसम्म — सडकको पश्चिमी पट्टि मात्र पार्किङ गर्नुहोस्। नगर प्रहरी प्रमुख कार्कीले सम्पूर्ण नगरवासी, सवारी चालक तथा व्यवसायीहरूलाई नियमको कडाईका साथ पालना गर्न आग्रह गर्दै दमकलाई सफा, सुरक्षित र ट्राफिकमैत्री नगर बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। नियम उल्लंघन नगर्नुहोस् — नियम पालन गर्नुहोस्। ट्राफिक व्यवस्थापनमा साथ दिऔं, दमकलाई जाममुक्त बनाऔं






