

दमक, झापा – दमक–२ दिपेनीस्थित लाजेको बाध सिमसार क्षेत्रमा शनिवारदेखि संरक्षणको उद्देश्यले घेराबारा निर्माण कार्य सुरु गरिएको छ। स्थानीय तहको योजना अनुरूप सो घेराबारा निर्माण जनसहभागिता र श्रमदानमार्फत भइरहेको हो। उक्त कार्यका लागि दमक नगरपालिकाका मेयर राम थापाको पहलमा नगरपालिकाबाट तीन लाख रुपैयाँ उपलब्ध गराइएको छ। सो बजेट सहयोगले आवश्यक सामग्री खरिद गरिएको हो भने निर्माणमा स्थानीयवासीहरूको श्रमदान रहेको छ। साथै, विगतमा विवादित मानिएको उक्त स्थानमा मेयर थापाको पहलमा समाजसेवी हेमराज लिम्बुसँग समन्वय गरी सहमति जुटाइएको छ। त्यसपछि सिमसारको सीमाना निर्धारण (रेकगंण) गरिँदै घेराबाराको काम अगाडि बढाइएको हो। स्थानीयवासीहरूले सिमसार संरक्षणमा देखाएको उत्साहले वातावरणीय सन्तुलन तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025: दमक अनलाईन मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd