jQuery(document).ready(function($){ //
});

दमक/झापाको दमकमा आज भाषाविद् डा. टंक न्यौपानेसहित नेपाल र भारतका ५ जना साहित्यकारहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

न्यौपानेलाई साहित्यकार भवानी मिश्रद्धारा स्थापना गरिएको भवानी मिश्र राष्ट्रिय साहित्यिक पुरस्कार प्रदान गरिएको हो भने भवानी मिश्र अन्तराष्ट्रिय साहित्य पुरस्कार भारत दार्जिलिङका शुकराज दियालीलाई प्रदान गरियो । त्यसैगरी भवानी मिश्र प्रादेशिक साहित्य पुरस्कार साहित्यकार पुण्यप्रसाद खरेल र झापा साहित्यिक पुरस्कार मुनाराज शेर्मालाई प्रदान गरिएको छ । त्यस्तै भवानी मिश्र दमक साहित्यिक पुरस्कार लक्ष्मी निरौलालाई प्रदान गरिएको छ । साहित्य कला संगम दमकले ति पुरस्कारहरु प्रदान गर्न आयोजना गरेको विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्य रहेको थियो ।

साहित्य संस्कृति संरक्षणमा जोड
कार्यक्रमका वक्ताहरुले नेपाल भौगोलिक रुपमा सानो भए पनि साहित्य, संस्कृतिको धनी देश भएको चर्चा गर्दै यसको संरक्षण सबैको दायित्व भएकोमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य पन्तले समाज परिवर्तनका निमित्त नेपाली साहित्य जगतले निर्वाह गरेको भुमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रमका सम्मानित व्यक्तित्व भाषाविद् डा. न्यौपानेले नेपालको राष्ट्रिय जनगणनाले हाल सम्म १२३ भाषा बोलिने गरेको देखाएपनि अहिले १२९ भन्दा धेरै भाषाहरु नेपालमा बोलिने गरेको चर्चा गर्नु भयो ।

उहाँले भाषा , साहित्य , संस्कार मानवजातीको पहिचान भएको पनि बताउनु भयो । उहाँले हरेक मानिसहरुको सुन्दरताको खोजीमा रहने गरेको बताउँदै सुन्दरताको खोजीनै सभ्यताको विकास भएको चर्चा गर्नुभयो । कार्यक्रममा साहित्यकार, लेखक एवम् कञ्चनजंघा एफ एमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, सम्मानित व्यक्तित्व दार्जिलिङका शुकराज दियाली लगायतले पनि मन्तव्य राख्नु भएको थियो ।

माछा, माझी र बल्छीको लोकार्पण
सोहि कार्यक्रममा भारतको दार्जिलिङका स्रष्टा विरेन्द्र बहादुर खड्काले प्रकाशनमा ल्याउनु भएको कविता संग्रह माछा, माझी र बल्छीको लोकार्पण समेत गरिएको थियो । सो संग्रहमा ४७ वटा कविताहरु संग्रहित रहेको खड्काले जानकारी दिनु भयो । उहाँले सोहि अवसरमा आउँदो बर्षदेखि प्रदान गर्ने गरि आफ्नी स्व. आमा चन्द्रमायाको स्मृतिमा साहित्यिक पुरस्कार स्थापनाको घोषणा गर्नुभयो । खड्काकी आमाको दश बर्ष अघि सवारी दुर्घट्नामा मृत्यु भएको थियो ।

साहित्य कला संगम दमकका अध्यक्ष नरपति पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल र भारतका करिब एक सय बढी श्रष्टाहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन दीपक सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय