jQuery(document).ready(function($){ //
});

पुस १० गते बिहिबार बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ। दुई घन्टा ४९ मिनेट लामो ग्रहण त्यसदिन नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ।

खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। यो ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिनेछ।

RAWA Hills Town Property

RAWA Hills Town Property

भारत, सिंगापुर, श्रीलंका, मलेसियालगायत ठाउँबाट भने रिङ अफ फायरका रूपमा देखिनेछ। रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। यो खालको ग्रहण भने निक्कै दुर्लभ मानिएको छ।

ग्रहण लाग्दा रिङ अफ फायर भने प्राय:जसो बीचको समयमा देखिने सोसाइटीले जनाएको छ। खण्डग्रास ग्रहणलाई नाङ्गो आँखाले नहेर्न पनि सचेत गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय