
आजको युग इन्टरनेटको युग हो। जसले जे चाह्यो त्यो लगभग तमाम आवश्यकता इन्टरनेटबाट पूरा हुन थालिसकेको छ । एक हिसाबले इन्टरनेटले मानिसलाई अल्छि बनाईसकेका छन्। भने अर्कोतिर दोब्बर सुबिधा पनि दिएको छ। नेपालमा मात्र होइन विश्वभरि इन्टरनेटले मानिसहरुलाई धेरै भन्दा धेरै सुबिधा दिएको छ। घरैमा बसि बसि आफुलाई चाहिएको सामान चाहे जे सुकै होस यसको माध्यमबाट घरैमा अर्डर गरे ल्याइदिन्छन्। अरु कुरा त के गर्नु आजकालका विद्यार्थीहरु समेत विद्यालय जादैनन्। तर पनि परिक्षामा पहिलो श्रेणिमै पास गर्छन् । किन कसरी भनेर बुझ्दा उनीहरु विद्यालय नगए पनि घरमै इन्टरनेटबाट पढ्ने पो रहेछन् ।
त्यति मात्रै होइन आजभोलि इन्टरनेटबाट पैसा पनि कमाउन सकिन्छ। कसरी होला भनेर पहिले पहिले मलाई पनि अचम्म लाग्दथ्यो। इन्टरनेटको खुट्टा हुँदैन हात हुदैन अनि कसरी यसले हामीलाई पैसा दिन्छ ? मलाई पनि यस्तो लाग्दथ्यो। तर वास्तवमै इन्टरनेट को सहि प्रयोग गर्न सक्यो भने यसबाट आरामले पैसा पनि कमाउन सकिने रहेछ। अब कसरी होला त भनेर आतुर नहुनुहोस, किन भने इन्टरनेटको माध्यमबाट पैसा कमाउने कैँयौ विधीहरु छन्। म तपाई लाई केहि विधिहरुको बारेमा बताई दिनेछू गरेर हेर्नुहोस तपाईआफैँ बुझ्नुहुनेछ । इनटरनेटबाट पैसा कमाउनलाई तपाईले शारीरीक रुपमा काम गरे जास्तो तपाईको शरिर दुखाई रहनु पर्दैन। तर तपाईले धैर्यधारण भने पक्कै पनि गर्नु पर्छ। यसबाट पैसा कमाउनलाई इन्टरनेटमा तपाईँले तपाँईको केहि समय खर्छ गर्नु पर्ने हुन्छ। पैसा हुन्छ भने किन यसमा समय खर्च नगर्ने त हैन ? तपाई फेसबुक , ट्विटर आदि इत्यादिमा समय फाल्नु भन्दा कमाई हुने ठाउँतिर तपाईँको समय लगाउनुहोस जसले तपाईको केहि आवश्यकता टर्न सक्दछ।
You Tube –विश्वमा सबैभन्दा लोकप्रिय अनि सबैले प्रयोग गर्ने युटुब बाट पैसा कमाउन सकिन्छ।
Website – आफ्नै वेबसाइट बनाई पैसा कमाउन सकिन्छ ।
Mobile app – मोबाइल एप मार्फत पनि पैसा कमाउन सकिन्छ ।
Free lancing and other works over internet : इन्टरनेटमा नै मान्छेको उपयोगी बनेर जस्तै कुनै लेख, रचना लेखिदिएर; टाइप गरिदिएर; फारम भरिदिएर पनि पैसा कमाउन सकिन्छ ।
साथै मार्फत सामान बेचेको कमिसन लिएर आदि थुप्रै तरिकाबाट अनलाइन पैसा कमाउन सकिन्छ । तर मिहिनेत र परिश्रम भने अवश्य चाहिन्छ । पैसा कमाउन कहिँपनि सजिलो छैन ।