
झापा: गौरादहमा रहेको गोल्डेन सनराइज मा. वी. का शिक्षक तथा कर्मचारीले बिद्यालय प्रशासन संग पारिश्रमिकको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कोरोनाको बहाना गर्दै शिक्षक तथा कर्मचारीलाई लामो समय देखि पारिश्रमिक बिहिन भएर बस्नु परेको अवस्थाको अन्त्य गर्दै यथासिघ्र २ महिनाको पारिश्रमिक उपलब्ध गराउन ध्यानाकर्षण पत्रमा भनिएको छ । प्याब्सन झापा र इस्टु झापा बिच भएको सहमति कार्यनयन गर्न आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा तिहार अगाडी नै २ महिनाको तलब भुक्तानी गर्न माग गरिएको छ ।
यसैबीच इस्टु झापाले गौरादह बाट पारिश्रमिक भुक्तानीको अभियान शुरु गरेको जनाएको छ । २ महिनाको तलब नदिने बिधालयको पठन पाठन ठप्प पारिने जिल्ला अध्यक्ष होमराज खतिवडा बताउछन् ।
‘गोल्डेन सनराइज जस्तो सामाजिक प्रतिस्ठा कमाउन सफल बिद्यालयले चैत महिना भन्दा अगाडी कै तलब नदिएको भन्ने कुरा सत्य तथ्य बुझेर तुरुन्तै आवस्यक कदम चालिने तथा नयाँ शैक्षिकसत्रको २ महिनाको तलब तुरुन्तै दाखिला गर्नुहोस् भनेर बिधालय निर्देशक संग कुरा भएको छ ।’ जिल्ला अध्यक्ष खतिवडाले ओमकार टाइम्स प्रतिनिधि संग भने ।

स्रोत : ओमकार टाईम्स ।