
झापा/कमल नरेन्द्र जनता मा विमा आर्थिक बर्ष ०७५/०७६को संचालन भैरहेको सामाजिक परिक्षण बिद्यालय प्रशासन पक्षबाट आवस्यक कागजपत्र तथा बिद्यालय ब्यवस्थापन समितिको निर्णय जुटाउन नसकेको कुरा सबैमा जानकारी गराउन चाहेको छ साथै सामाजिक परिक्षण समितिले काम गर्न सक्ने अवस्था अब बाकी नरहेकाले बिद्यालय ब्यवस्थापन समितिलाई सुझाव दिएर उल्लेखित आर्थिक वर्षको सामाजिक परिक्षण स्थगित गराएको छ ।

कमल १ सरङ्पाडा संघर्ष समितको कार्यसमितिको बैठकबाट यस्तो प्रशासनिक ढिलासुस्ति र लापरबाहीको बिरोध गर्ने र सम्बन्धित निकायलाइ जानकारी पनि दिने निर्णय भएको छ।
सोहि उदेश्यले कमल गाउपालिका शिक्षा शाखामा ज्ञापनपत्र बुझाउने कार्य सप्पन्न भएको र शिक्षा शाखाबाट आजको साता भित्र आवश्यक पहल गरिने प्रतिबद्धता जाहेर भएको कमल १ सरङ्पाडा संघर्ष समितका अध्यक्ष सुमन खड्काले जानकारी दिनु भयो।