jQuery(document).ready(function($){ //
});

झापा, २० मंसिर । आज झापामा आयोजना गरेको मोटरसाइकल र्यालीमा गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा खुल्ला नाराबाजी भएको छ ।

काँकरभिट्टाबाट सुरु भएको र्यालीमा हजारौं सहभागी भए । सहभागितको दृष्टिले र्याली निकै भब्य र विशाल थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

र्याली विर्तामोड नपुगुञ्जेल पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । नेपाल प्रहरीको गाडीले र्यालीको अग्रभागमा स्कर्टिङ गरेको थियो ।
र्यालीमा गणतन्त्र मुर्दाबाद र राजतन्त्र जिन्दाबादको नारा लागेको थियो ।

सहभागी अधिकांशको मोटरसाइकलमा राष्ट्रिय झण्डा बाँधिएको थियो ।

सडक कब्जा भएको हुदा आयोजकले र्यालीलाई तीब्र रफ्तारमा अघि बढाएका थिए । साना गाडीको लस्कर पनि लामै थियो ।

सहभागीले माइकिङ र नाराबाजी गरेका थिए । कतिपयले पूर्वराजा ज्ञानेन्द्रको तस्वीर अंकित लुगा लगाएका थिए ।

र्याली पुछारमा रहेको एउटा गाडीमा पूर्वराजा ज्ञानेन्द्र गद्दीमा बसेको तस्वीरको झाँकीलाई आकर्षक ढंगले सजाइएको थियो । पूर्वराजा ज्ञानेन्द्रको झाँकीलाई र्यालीको अग्रभागमा भने राखिएको थिएन ।

र्यालीलाई हेर्न राजमार्गको दुबै किनारमा सर्वसाधारण लाम लागेका थिए । चोक चोकमा प्रहरीको ठूलो संख्या गडबडी केही नहोस् भनेर तैनाथ देखिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय