
कमल/झापा/
नरेन्द्र जनता मा विमा ब्याप्त्त प्रशासनिक लापरबाही र ढिलासुस्तिको विरुद्ध धेरै पटक लिखित तथा मौखिक माध्यमबाट बिरोध गर्न कमल १ सरङ्गपाडा संघर्ष समिती बिगत ३ महिना देखि कृयाशिल रहि आएको थियो ।
यत्रो लामो समयसम्म अभियानको सुरुवाती चरणमा भएको आर्थिक बर्ष ०७५/०७६ र ०७६/०७७ सामाजिक परिक्षण यथासम्भव गर्ने सहमति कार्यनयन गर्न बिद्यालय पक्ष असक्षम भएकाले आज २०७७ मङ्सिर २१ गते बसेको समितिको बैठकको निर्णय अनुसार श्री नरेन्द्र जनता मा विको प्रधान्ध्यापकको कार्यलयमा तालाबन्दी गरिएको कमल १ सरङ्गपाडा संघर्ष समितीका अध्यक्ष सुमन खड्काले बताए ।

अब अभिभावक ,जनप्रतिनिधि , गाउपालिका शिक्षा तथा लेखा अधिकृतको उपस्थितिमा सार्वजनिक सुनुवाइ नहुन्जेल सम्म ताला बन्दि यथावत रहने र आन्दोलन झन चर्काउने खड्काले बताए।