
।। दिनेश पौडेल।।दमक, झापा ।
मिति २०७७।१०।१० गते दिनको अं.१३:०० वजेको समयमा जिल्ला झापा, दमक नगरपालिका वडा नं.६ स्थित पदम गुरुङको घर भाडामा लिई अवैध रुपमा Orien’s कम्पनीका विभिन्न किसिमका Dietary Supplements (खाद्यान्न परिपुरक) खाद्य वस्तुहरु भण्डारण गरी विक्रि वितरण तथा ओसार पसार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोली सो स्थानमा खटी गई रितपुर्वक खानतलासी गरी Orien’s कम्पनीका विभिन्न किसिमका Dietary Supplements (खाद्यान्न परिपुरक) खाद्य वस्तुहरु फेला पारी रितपुर्वक वरामद गरि अनुसन्धान गर्दा सो खाद्य वस्तुहरु दमक न.पा. वडा नं.६ वस्ने जितेन्द्र साह समेतले का.जि., का.म.न.पा.वडा नं.१६ बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रा.लि.वाट केही परिमाणका खाद्य वस्तुहरु खरिद गरी ल्याएको हुन सक्ने र ठुलो परिमाणका खाद्य वस्तुहरु भन्सार/राजश्व छली गरी ल्याएको भन्ने बुझिन आएको हुँदा, संचालकहरु मध्ये जितेन्द्र साह पक्राउ परेको अन्य संलग्न मानिसहरुको खोज तलास भई रहेको साथै बरामद भएका सामानहरु कुल मुल्य रु. ३,२९,६७,२५०/-–(तीन करोड उनन्तिस लाख सट्सट्ठी हजार दुई सय पचास) रहेकोमा ३३५८ बट्टा समानहरुको मुल्य रु.८७,२६,५२०/-(सतासी लाख छविस हजार पाँच सय वीस) विल भएको तर ९९४३ बट्टाको मुल्य रु.२,४२,४०,७३०/- बिल नभएको सामानहरु भएको हुँदा पक्राउ परेको व्यक्ति तथा सामानहरु थप अनुसन्धान एवं कारवाहीको लागी मिति २०७७।१०।१४ गते राजश्व अनुसंधान कार्यालय ईटहरीमा पठाईने।
निम्न अनुसारका सामनहरु बरामद गरिएको:-
…………………………………………………………………
सि.न. सामानको नाम
१ Detoxy One
२ Arthobest .
३ O’Moringa .
४ Total Antioxidant.
५ Asparose.
६ Furit fiber.
७ Panax Ginseng.
८ Diacare.
९ De-Lipo.
१० Spirulina
११ Tulsi Drops.
१२ Pain Relif.
१३ 7 wonders.
१४ Naturovita.
१५ Calcium.
१६ Nephrofit.
१७ Healthy Slim.
१८ Garnic.
१९ Wheatgrass.
२० Aloevera Juice.
२१ Silajit
२२ Reishi Ganoderma