jQuery(document).ready(function($){ //
});

दमक/१४ माघ / कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ भएकाे छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुभएकाे छ ।

प्रधानमन्त्रीले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइन सुरू गरीएकाे छ। ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने कार्यक्रम रहेकाे छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

साेही अनुरूप झापाकाे दमकमा पनि भर्चुअल कार्यक्रममा जाेडिएर खाेप दिन सुरू गरिएकाे छ । कार्यक्रमकाे शुभारम्भ गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालले दमकमा पहिलाे खाेप लिने डा. नबिन ढकाललाइ खाेपदिने सिरिन्ज प्रदान गर्नु भएकाे छ । दमक २ मा रहेकाे काेभिड अस्पतालमा दमक नगरपालिकाका प्रमुख राेमनाथ अाेली, उप प्रमुख गिता अधिकारी, प्रमुख प्रसाशिकय अधिकृत गणेश तिम्सिना, इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक डिएसपी नवराज कार्की, वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, बिभिन्न संघ सस्थाका प्रतिनिधि लागायतकाे उपस्थितिमा खाेपकाे शुभारम्भ गरीएकाे छ ।

खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउनेछन् ।

आज ०.५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिनुभयो । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने दमक नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराइले जनाकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय