
१४ माघ, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
कोरोना महामारीका कारण भएको लकडाउन समयको मासिक शुल्क छुटको माग गर्दे आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दे मासिक शुल्क फिर्ताको माग गरेका हुन् ।

त्यस्तै अन्दोलनरत संयुक्त विद्यार्थी समुहले केही दिन देखी कालोपट्टि बाधेर क्याम्पस प्रसासनको विरोध गरिरहेका छन् । त्यस्तै क्याम्पसको गेटमा, प्रसासनिक भवनमा र प्रध्यापकको कार्यलय अगाडी समेत उनीहरुले कालो झण्डा राखेका छन् ।