।। दिनेश पौडेल।।विर्तामोड/झापा
चेतना नेपालद्वारा लागु औषध दुर्व्यसन विरुद्धको साक्ष्र्र्ता अभियानको सुरुवात गरेको छ। लागु पदार्थ रहित स्वास्थ्य समुदायको लागि हाम्रो अभियान मूल नारा रहेको कार्यक्रम बिर्तामोडमा आयोजना गरेको हो।
कार्यक्रमको सभापतित्व चेतना नेपालका अध्यक्ष इन्द्र प्रसाद ओलीले गर्नु भएको थियो। प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, विशिष्ट अतिथि : जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक सन्तोष आचार्य, ससस्त्र प्रहरी नायव उपरिक्षक गौतम लाल योञ्जन, जनस्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईं, चेम्बर अफ कमर्स प्रदेश नं १ अध्यक्ष राजेन्द्र घिमिरे, नेपाल राष्ट्रिय पुनर्स्थापना संघका अध्यक्ष राजु गिरि रहनु भएको थियो।

प्रमुख अतिथि एवम सभापति ज्युबाट दिपप्रज्वलन भई सुर्वातित कार्यक्रममा शान्तिपाठ रमा देवी निरौला ज्युबाट साथै राष्ट्रिय गान र सहिदहरु प्रति सम्मान सामुहिक रुपमा गरिएको थियो।
सो कार्यक्रममा कार्यपत्र इन्द्र ओलीले प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्र माथि टिप्पणी उपस्थित अतिथिहरुले राख्नु भएको थियो।
लागु पदार्थ रहित स्वास्थ्य समुदायको निर्माणमा जुटेको चेतना नेपालले आयोजना गरेको यस कार्यक्रममा स्वागतमन्तब्य देवी भक्त आचार्यले राख्नु भएको थियो भने कार्यक्रम संचालक अर्जुन कुमार भट्टराई हुनुन्थियो।






