jQuery(document).ready(function($){ //
});

नेपाली राष्ट्रिय क्रिकेट टिम कतारमा आयोजना हुने भनिएको टी-२० सिरिजमा सहभागी नहुने भएको छ। 

यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि १८ सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ। 

RAWA Hills Town Property

RAWA Hills Town Property

कतार सिरिजका लागि राष्ट्रिय टिमका प्रशिक्षक डेभ वाटमोर नजाने भएपछि बसन्त शाही ठकुरीलाई प्रशिक्षक तोकिएको थियो। 

टिममा नियमित कप्तान ज्ञानेन्द्र मल्लसहित सिनियर खेलाडीहरू पारस खड्का, बसन्त रेग्मी, शरद भेषवाकरसहित सन्दीप लामिछाने पनि समावेस थिएनन्। 

सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण हुने भनिएको थियो। तर अधिकांस खेलाडी बन्द प्रशिक्षणका लागि गएका छैनन्। 

यसबारे बुझ्दा प्रशिक्षकको जिम्मेवारी पाएका ठकुरीले अहिले बन्द प्रशिक्षण स्थगित भएको सेतोपाटीलाई जानकारी दिए। 

‘तत्कालका लागि बन्द प्रशिक्षण स्थगित भएको भन्ने क्यानबाट जानकारी आएको छ। बाँकी कुरा मलाई थाहा छैन,’ उनले भने। 

बन्द प्रशिक्षणअघि खेलाडीलाई होटलमा राख्नु पर्ने हुन्छ। तर आइतबार साँझसम्म टिममा परेका कोहि पनि खेलाडीलाई बोलाइएको थिएन।

टिममा रहेका एक खेलाडीले रातिसम्म क्यानले प्रशिक्षण हुने वा नहुने विषयमा कुनै पनि जानकारी नदिएकोमा आक्रोश पोखे। 

सिरिजका लागि क्यानले घोषणा गरेको नेपाली टिम

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार कतार टी-२० सिरिज नहुने सम्भावना बढेकाले बन्द प्रशिक्षण सुरु नगरेको बताए। 

‘कतार सरकारले कोभिड-१९ का कारण प्रतियोगिता आयोजना गर्ने विषयमा शंका गरेको छ। त्यसैले प्रतियोगिता हुने-नहुने यकिन छैन, आज रातिसम्म पक्का होला,’ उनले भने।

प्रतियोगिता नहुने लगभग पक्का भएको क्यान स्रोत बताउँछ। क्यानले वस्तुस्थिति नबुझी हचुवाको भरमा निर्णय गरेको आरोप स्रोतको छ। 

‘क्यानका पदाधिकारीलाई कुनै स्वर्थ समूहले घुमाइरहेका छन्। त्यसैको भरमा क्यानले निर्णय गरेको हो,’ स्रोतको भनाइ छ। 

यसअघि कतार टी-२० सिरिजका लागि ओमान र सिंगापुरले भाग लिने बताइएको थियो। तर पछि दुवै टिमले नखेल्ने निर्णय गरेका थिए। 

ओमान र सिंगापुरले पनि भाग लिएको अवस्थामा कतार टी-२० सिरिजमा भाग लिनु उत्तम हुनेमा क्यानका पदाधिकारी सहमत भएका थिए। कतार मात्र सहभागी भएको अवस्थामा भने भाग लिनुको अर्थ नहुने उनीहरुमा धारणा थियो। 

तर प्रधानमन्त्री कप चलिरहदा बसेको केन्द्रीय समिति बैठकमा कतार सिरिजमा सहभागी हुने विषयमा एक्कासी प्रस्ताव आएको थियो।

सिरिजका लागि नेपाली टिम आगामी ७ फेब्रुअरीमा कतार प्रस्थान गर्ने कार्यक्रम थियो। त्यसपछि ९ फेब्रुअरी, १० फेब्रुअरी र १२ फेब्रअरीमा गरी तीन खेल खेलेको भोलिपल्ट टिम नेपाल फर्किने कार्यक्रम थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय