नायीका मनीषा कोइरालाले बलात्कार पीडित पाँच वर्षे बालिकालाई सहयोग गर्ने भएकी छन् ।
शुक्रबार राजधानीमा आयोजित महिला हिंसाविरोधी कार्यक्रम ‘मिसन जननी जयते’मा मनिषाले बलात्कार पीडित पाँच वर्षे बालिकालाई सहयोग गर्ने घोषणा गरेकी हुन् ।
उनले ती बालिकालाई निःशुल्क शिक्षा र आर्थिक सहयोग गर्ने बताएकी छन् । उक्त समारोहमा सहभागि अभिनेत्री रेखा थापाले बलात्कारविरुद्ध महिलाको आवाज बलियो हुनुपर्ने खाँचो औंल्याइन् ।






