jQuery(document).ready(function($){ //
});

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्तालको घोषणा गरेको छ।प्रहरीले बन्दको नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताएको छ ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने नेकपाले जनाएको छ ।तर, सवारी–साधन सञ्चालनमा अवरोध गर्दा विद्यार्थीहरु परीक्षा केन्द्रसम्म पुग्न समस्या हुने देखिन्छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरको भनाइ अनुसार “प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरे पनि गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिएर कारबाही गर्ने छौ ।”, उनले भने, सुरक्षा व्यवस्था कडा पार्छौँ ।पसल बन्द गराउँदै हिँड्ने र अन्य गैरकानुनी कार्यमा लागेकाहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने काम हामी गर्छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय