
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल गरिरहेको छ। उपत्यकाका भित्री सडकमा बन्दको प्रभाव देखिए पनि बाहिरी सडकमा भने आवागमन खुकुलो देखिन्छ ।प्रर्दशनकारी काठमाडौंको कोटेश्वरलगायत क्षेत्रमा जम्मा भएका छन् ।कोटेश्वरमा भने प्रदर्शनकारी सडकको बिचमा नै खाना बनाउँदैछन्। कोही भात बनाउने तयारीमा देखिन्छन् त कोही तरकारी बनाउने तयारीमा।कतै सडकमा आन्दोलनरत् नेता र कार्यकर्ता मकै, चिउरा खाँदै गरेको देख्न सकिन्छ।बन्दकर्ताहरुले बिच सडकमा नै खाना बनाउन थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारी बिच केही समय घम्साघम्सी नै परेको थियो।संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आम हड्तालको घोषणा गरेको हो ।साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।