jQuery(document).ready(function($){ //
});

इटहरी बजार क्षेत्रमा नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) हुँ भन्दै सर्वसाधारणहरुलाई ठगी गर्ने एक व्यक्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार रेड मर्करीको व्यापारबाट फाइदा हुन्छ, मिलेर व्यापार गरौं भन्दै रकम असुल गरी ठगी गर्दै हिड्ने नक्कली लेफ्टिनेन्टसहित दुई जना पक्राउ परेका हुन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

पक्राउ पर्नेमा लेफ्टिनेन्ट भन्दै हिड्ने पर्साको ठोरी–५ का २८ बर्षीय शिवकुमार कार्की र उनका सहयोगी सिन्धुलीको दुधौली–८ का ३८ बर्षीय बसन्तकुमार खड्का रहेका छन् ।

प्रहरीका अनुसार इटहरी बजार क्षेत्रमा रकम असुल गरी ठगी गर्दै हिडेको बिशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

नेपाली सेनाको उप सेनानीको दज्र्यानी चिह्नसहितको कम्ब्याक्ट लगाएको व्यक्तिमाथि शंका लागेर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नक्कली सेना बनेर रेड मर्करीका कारोबार गर्ने भन्दै रकम असुल गरिरहेको खुलेको हो ।

उनको साथबाट ३३ हजार ४ सय ५० रुपैया र विभिन्न बैंकको एटिएम कार्ड र आइएमई गरेको रसिद पनि प्रहरीले वरामद गरेको जनाएको छ ।

यस्तै, उनले रेड मर्करीको व्यापार र यसको फाइदाको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको भेटिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय