jQuery(document).ready(function($){ //
});

काठमाडौं, २४ माघ । इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ सेयरधनीको खातामा आएको छ । सिडीएससीले शुक्रबारदेखि लगानीकर्ताको खातामा सेयर पठाउन थालेको हो ।

अब नेप्सेमा कम्पनीको सेयर सुचिकृत भएसंगै कारोबार हुने छ । कम्पनीको सेयर infra सिम्बलबाट कारोबार हुने छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेप्सेले बैंकको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/ ७७ को प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । १६ गते आइपीओ शुक्रबार बाँडफाँड गरेको थियो । ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको शेयर पाएका थिए ।

५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले ६० कित्ता शेयर पाएका थिए ।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै ठूलो साधारण शेयर हो । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय