
युथफोर नेशन संस्था र सान्त्वना कलेज को सहकार्य मा तिनकुने मैदान सरसफई गरियो । आयोजित कार्यक्रम मा ७० जाना बिद्यार्थी को संलग्नता रहेको थियो । साथै कलेजका टिचर प्रिन्सिपल र एच ओ डी को पनि संलग्नता रहेको थियो । बिगत लामो समय देखि अबेबिस्थित रुप मा रहेको फोहोरको थुप्रो युथफोर नेशन संस्था को सहकार्यमा सरसफाई भएको छ ।

आयोजित कार्यक्रमलाई चै सान्त्वना कलेज को सोसियल वोर्क डीपार्मेंट को एच ओ डी सुदिक्छ्या ढुंगानाके कार्यक्रम एकदमै राम्ररी समापान भएको साथै आगामी दिन मा पनि यसरि नै सहकार्य गर्ने अवसर मिलोस भनेर प्रतिबदत्ता जनाउनु भएको छ । साथै सान्त्वना कलेज को चेयरमेंनले पनि यो सहकार्य को तारीफ गर्नु भएको छ ।

सोहि कार्यक्रममा युथफोर नेशन संस्थाका अध्यक्षले पनि यो शुभकार्य मा यति धेरै साथ् र सहयोगी हातहरु प्रति धन्यबाद र खुशी प्रदान गर्नु भयो । साथै युथफोर नेशन संस्थाका सल्लाहकार शुलभ राज बरालले पनि युवा शक्ति को महत्त्वो र युवाहरु लाइ हौसला प्रधान गर्नुभयो साथै सोसीयल वोर्क का बिद्यार्थी लाई पनिं यस्तो प्लात्फोर्म मा सहकार्य हुन आब्वाहन गर्नु भयो ।

सामाजिक कार्य दाेस्राे बर्षको ” एक समुह एक परीयाेजना “ अन्तरगत उक्त कार्यक्रमा ३ जना माधुरि उप्रेती , अमृता भण्डारी र श्रीजना फुयालकाे लिडरसिपमा सरसफाइ कार्यक्रम भएको हाे ।
तिन दिन देखि यता लगातार सरसफाई अभियान लाइ तिब्रता दिई रहेको युथफोर नेशन संस्थाले पहिलो दिन तिन्कुनेकै सेरोफेरो सरसफाई गरेको थियो भने दोस्रो दिन पशुपति मन्दिर परिसरमा मयूजिक टु सर्व नारा का साथ फन्ड उठाउने साथै सरसफाई कार्यक्रम गरेको थियो जस्मा कान्छो त्रावेलर देबेश घिमिरेको पनि संलग्नता रहेको थियो साथै अन्तिम दिन सान्त्वना कलेज परिसर मा सरसफई गरिएको थियो । आगामी दिनहरुमा प्रतेक हप्ता को एकदिन सरसफई कार्यक्रम गर्ने भनेर यस संस्था का सल्लाहकार शुलभ राज बरालले बताउनु भयो ।
