
ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको ३४ लाख ९६ हजार ४०० कित्ता आइपिओ सेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो। आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यस कम्पनीको आइपिओ माघ २३ गतेबाट खुलेको थियो।
यस कम्पनीले केहि समय पहिला स्थानिय आयोजना प्रभावितहरुका लागि सेयर बेचेको थियो। स्थानीय बासिन्दाको लागि खोलिएको सबै सेयर बिकेको थिएन। स्थानियका लागि खोलिएको सेयरमध्ये ९४ प्रतिशत सेयर बिक्री भएको थिएन। १ हजार २१६ जना स्थानियले मात्र आइपिओ किनेका थिए। ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १०० अंकित दरको १८ लाख कित्ता शेयर तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर सर्वसाधारणका लागि अहिले बिक्री खुल्ला भइरहेको छ। ३४ लाख ९६ हजार ४०० कित्तामा सामुहिक लगानी कोष, कर्मचारी पनि समावेश छन्। कम्पनीमा काम गर्ने कर्मचारीहरुका लागि ६९ हजार ९२८ कित्ता छुट्याइएको छ भने म्युचुअल फण्डहरुका लागि १ लाख ७४ हजार ८२० कित्ता छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ता भने सर्वसाधारणले पाउनेछन्। ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
सर्वसाधारणलाई ३४ लाख ९६ हजार ४०० कित्ता आइपिओ सेयर बिक्री भएपछि हाइड्रोमा ८० प्रतिशत सेयर स्वामित्व संस्थापकको रहनेछ भने १९.४२ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको हुनेछ भने बाँकी ०.५८ प्रतिशत स्वामित्व स्थानिय वासिन्दाको हुनेछ। स्थानिय प्रभावित जनता र सर्बसाधारणलाई आइपिओ बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८० करोड पुग्नेछ। कम्पनीको इस्यु मेनेजरमा बिओके क्यापिटल रहेको छ।
कम्पनीको आइपिओ बिक्री प्रवन्धकका अनुसार हिजो अर्थात सोमबार साँझ ५ बजेसम्ममा १० लाख ९१ हजार २५१ जना आवदेकबाट १ करोड ९८ लाख ६१ हजार ७१० कित्ताका लागि आवेदन भइसकेको छ। यो संख्या माग गरिए भन्दा ६.१ गुणा बढि हो। १०/१० कित्ता पाउने आधारमा पनि माग गरिएभन्दा बढि आवेदन परिसकेको छ। ३ लाख २५ हजार १६५ जनाले १० कित्ताका दरले यस कम्पनीको सेयर पाउनेछन्। त्यसकारण अब आवदेन गर्न बाँकीहरुले १० कित्ताका लागि मात्र आवेदन दिनु बुध्दिमानी हुन्छ किनभने अब आइपिओ बाँडफाड गोलाप्रथाबाट हुने निश्चित भइसकेको छ।