jQuery(document).ready(function($){ //
});

बालुवारमा रहेको ललिता निवासको जग्गा व्यक्तिका नाममा राखेको अभियोगका मुख्य अभियुक्त मानिएका सोभाकान्त ढकाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

बालुवाटार प्रकरण बाहिर आएदेखि फरार रहेको ढकाल आज अदालतमा आहिजर भएका थिए। उनलाई न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो। 

RAWA Hills Town Property

RAWA Hills Town Property

यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ जना पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय