
धरान–१७ मा आफ्नै छोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
आफ्नै १२ वर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४२ वर्षीय बाबु पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका बाबुलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पीडितले दिएको उजुरीमा आमा काममा गएको समय अनेक प्रलोभन देखाएर कोठामा पटक पटक करणी प्रयास गरेको उल्लेख गरिएको छ ।