
योग तथा अध्यात्मिक संस्था द आर्ट अफ लिभिंग द्वारा संचालित अनलाइन ह्यापिनेस कार्यक्रम गत शनिवार (फागुन १) सम्पन्न भएको छ । अनलाइन मार्फत देश भरि योग, ध्यान र जीवन उपयोगी ज्ञान सिकाइएको उक्त कार्यक्रममा नेपाल भरिबाट आर्ट अफ लिभिङ्ग नेपालका १२१ शिक्षकहरुले फेब्रुअरी १० देखि १३ तारिखसम्म नेपालभर ५० वटा अनलाइन ह्यापिनेस कार्यक्रम आयोजना गरि राष्ट्रव्यापी २५०० जनाभन्दा बढीले लाभ उठाउन सफल रहेको संस्थाका शिक्षक संयोजक सन्जय महर्जनज्युले एक विज्ञप्ति जारि गर्दै जानकारी गराउनुभयो।

कार्यक्रमको अन्तिम दिन दिउँसो ११:३० बजे संस्थाका संस्थापक विश्व प्रसिद्ध अध्यात्मिक गुरु श्री श्री रवि शंकर ज्युले जूम एप्लिकेसन मार्फत आफु स्वयम् उपस्थीत हुनुभइ उक्त कार्यक्रमलाई सम्बोधन एवं विसर्जन गर्नुभएको थियो। आफ्ना अनुयाईहरुलाई सम्बोधन गर्दै श्रीश्री गुरुदेवले जसरी दोश्रो विश्व युद्धमा सबै तिर युद्धको प्रभाव परिरहदा पनि स्विडजरल्याण्डमा त्यसको केहि असर परेन त्यस्तै नेपाल पनि सधै हिँसाबाट टाडा रहोस भन्ने कामना गर्नुभएको थियो।
प्रसिद्ध साधुसन्तहरुको तपोभुमी र एशियाका तारा भगवान बुद्धको जन्मभुमि समेत रहेको नेपालको गौरव इतिहास प्रति सम्मान व्यक्त गर्दै सदैव शान्तिमय रहन प्राथना गनुभएको थियो। साथै नेपाल र भारतको सम्बन्धको चर्चा गर्दै श्रीश्री गुरुदेवले दुवै देश बीच सुन्दर सम्बन्ध र आपसी सहयोग रहेको बताउनुभयो । नेपालप्रति आफ्नो सद्भाव र माया रहेको बताउदै उहाँले आफु छिट्टै नेपाल आउने सहभागी भक्तजनहरुलाई आस्वासन दिनुभएको छ ।

उक्त अवसरमा श्रीश्री गुरुदेवले सहभागी अनुयायीहरुलाई केहि समय ध्यान समेत गराएका थिए। गुरुदेवको उपस्थिति र आशिर्वादले थप उर्जा प्राप्त भएको कार्यक्रम संचालक समेत रहेका शिक्षक संयोजक सन्जय महर्जनज्युले बताउनुभयो।
आर्ट अफ लिभिंग नेपालद्वारा आयोजित उक्त ह्यापिनेस कार्यक्रमलाई भव्यताको साथ सम्पन्न गर्न प्रशिक्षक सुवर्णा श्रेष्ना बस्नेत, शिक्षक संयोजक सन्जय महर्जन तथा राष्ट्रिय संयोजक मिखा माथेमाज्युको महत्त्वपूर्ण भुमिका रहेको थियो।
आर्ट अफ नेपालको आगामी सेसनहरु, कार्यक्रमहरु, प्रोजेक्टहरु र गतिविधिहरु प्रती अप्डेट रहन www.artofliving.org मा हेर्न सक्नुहुनेछ।