jQuery(document).ready(function($){ //
});

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक वर्ष २०७८/०७९ मा रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरीने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न ईच्छुक १८ वर्ष देखि ५९ वर्ष सम्मका वेरोजगार नगरवासी नागरिकहरुले यही मिति २०७७ फाल्गुण मसान्त सम्ममा
आफूले स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालय वा रोजगार सेवा केन्द्र दमक नगरपालिकामा तोकिएको निवेदन फाराममा आवश्यक सम्पूर्ण विवरणहरु समावेश गरी वेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुनका लागि निवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ।
आवश्यक कागजातहरुः
(क) फारम भर्ने व्यक्ति एवंम् परिवारका सदस्यहरुको नागरिकताको प्रतिलिपि/ नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि
(ख) बसाइसराइ गरी आएको भए बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
(ग) सिप/तालिम वा कार्य अनुभव भए सो प्रमाणित हुने कागजात
(घ) फारम भर्ने व्यक्तिको पासपोर्ट साईजको फोटो २ प्रति
न्यूनतम रोजगारीमा संलग्न हुने आयोजना सञ्चालनका क्षेत्रः
(क) सडक निमार्ण तथा मर्मत सम्भार (ख) कृषि तथा सिंचाई (ग) ग्रामीण खानेपानी (घ) स्वास्थ्य तथा खानेपानी (ङ) शिक्षा (च) वन तथा जलाधार (छ) पर्यटन
थप जानकारी www.pmep.gov.np मा समेत हेर्न सकिने छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय