
मिति २०७७ साल फाल्गुन २४ गते
Youths For Nation – YFN, Janata Garage Nepal (जनता ग्यारेज नेपाल) र समानुभुति नेपालद्वारा यस महाशिवरात्रिको अवसरमा पशुपति मन्दिरमा पाल्नु हुने भक्तजनहरुको स्वास्थ्यलाई ख्याल राखदै, हेल्थ क्याम्पको आयोजना गरेको छ।

कार्यक्रमा Youths For Nation – YFNका अध्यक्ष सरोज खड्का , जनता ग्यारेज नेपाल बाट श्याम कुमार बुदाथोकी, राम कुमार बुदाथोकी र समानुभुति नेपालबाट तुलसी श्रेष्ठको उपस्थिति रहेको थियो।

डा अशेष उप्रेती, डा अनायेश भट्टराई, डा आयुष उप्रेती र फार्मा रेशव बरालको टिम, स्वास्थ्य शिविर सफल पार्नको लागि निरन्तर खटिनु भएको थियो।

१५० भन्दा बडी भक्तजनहरुले स्वास्थ्य सेवा लिनु भएको भने हामीलाई YFNका अध्यक्ष सरोज खड्काले जानकारी दिनु भयो।