jQuery(document).ready(function($){ //
});

मोटरसाईकल र स्कुटर दुर्घटना हुदा दमकका व्यवसायी इन्द्र भुजेलको मृत्युभएको छ । दमक ५ स्थित बुद्धचौंक नजिक सडकखण्डमा आज बेलुका मोटरसाईकल र स्कुटर एकापसमा ठक्कर खादाँ स्कुटरमा सवार दमक ८ का ५० बर्षिय भुजेलको मृत्युभएको  इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।  मृतक भुजेल दमक ८ मा रहेको इन्द्र साउण्ड एण्ड टेन्ट हाउसका सञ्चालक हुन् । इप्रका दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीका अनुसार दमक ५ स्थित सडकखण्डमा आज वेलुका ९ .१० मिनेट जादाँ पूर्ववाट पश्चिमतर्फ जादै गरेको प्र–१–०१–०१३ प.८७६६ को मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ को स्कुटर एकापस जुधेको थियो । दुर्घटनामा सख्त घाईते भएका स्कुटर चालक भुजेललाई दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्युभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गंभीर घाईते भएका मोटरसाईकल चालक दमक ४ अन्दाजी २६ बर्षिय सन्जोक सुन्दासको स्थानीय निम्स अस्पतालमा उपचार हुन नसकेेेपछि थप उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा पठाईएको प्र.ना.उ. कार्कीले वताए । घाईते सुन्दासको अवस्थामा समेत जटिल भएको बताईएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय