jQuery(document).ready(function($){ //
});

झापा। दमक। मिति २०७७। १२। ०१ गते

जरो किलो महाअभियन दमकद्वारा प्रशिक्षणत्मक सत्संग आयोजना गरेको छ । सोही क्रममा आइतबार दमक–९ स्थित कन्काई पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा थुप्रै अभियानताहरुको उपस्थिति रहेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

मौलिक जरोकिलो पार्टीका झापा जिल्ला अध्यक्ष नारायण प्रसाद रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा ,प्रमुख प्रशिक्षक सहिर्दयता अन्तराष्ट्रियका केन्द्रिय सचिव साथै सनातन हिन्दु धर्म महासंघका प्रवक्ता राजन अधिकारी, विशेष प्रशिक्षक प्रदेश १ का अध्यक्ष ईन्द्रप्रसाद ओली रहनु भएको थियो भने अन्य अतिथिहरुमा अखिल नेपाली युवा संघका केन्द्रीय महासचिव सन्तोष दाहाल, पार्टीका प्रदेश १ महासचिव अर्जुनकुमार भट्टराई, सचिवद्वय राजकुमार दाहाल र रोमादेवी निरौला, प्रदेशका शिक्षा विभाग संयोजक तुलसा खरेल र सदस्य उद्धव थापा, रहनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सचिव राजकुमार दाहाल र कार्यक्रम संचालन अखिल नेपाली युवा संघका केन्द्रीय सचिव शुलभराज बरालले गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक राजन अधिकारी ले व्यक्तित्व विकासको बारे मा प्रशिक्षण दिनु भएको थियो भने बिशेष प्रशिक्षक इन्द्र ओलीले नेतृत्व बिकाश बारे प्रशिक्षण दिनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय