jQuery(document).ready(function($){ //
});

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएकाे छ ।

संस्थाकाे उक्त शेयर काराेबार गर्नका MLBSL संकेत प्रदान गरिएको छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज मिति २०७७/१२/०२ का दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड को १०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण समक्ष नेपाल एसाबआइ मर्चेण्ट बैंकिङ लिमिटेड मार्फत्‌ ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणको लाग खुल्ला बिक्री आव्हान गरेको धियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको ६,००,००० कित्ता शेयर समेत गरी जम्मा १०,००,००० कित्ता साधारण शेयर बितरण भई धितोपत्र सुचिकरण विनियमावली, २०७५ बमोजिम मिति २०७७/१२/०१ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएकोछ।

पुनश्च : मिति २०७७ १२/०२ मा नेपाल स्टक एक्सचेन्ज लिमिटेड र लघुवित्त बीच धितोपत्र सुचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा लघुवित्तको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हनेछ ।कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीको उक्त शेयरमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

माग भन्दा धेरै आवेदन परेकाे हुनाले ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा १० कित्ताको दरले बाडफाड गरेको थियो भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनालाइ निरास बनाएको थियो।महिला लघुवित्तले आइपिओ निष्काशन तथा बिक्री गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेकोमा नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय