
काठमाडौं। हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनको माग राखेर आन्दोलनरत संयुक्त राष्ट्रिय नागरिक आन्दोलनले जनप्रदर्शन र राष्ट्रिय झण्डा -याली गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त राष्ट्रिय नागरिक आन्दोलन समितिले २०४७ सालको संबिधान लागु गर्न माग गर्दै चैत्र ७ गते विहान साँढे ११ बजे माइतिघर मण्डलामा बिशाल जनप्रदर्शन र झण्डा -याली गर्ने जानकारी दिएको हो ।