jQuery(document).ready(function($){ //
});

होटल रेष्टुरेन्टमा साँझपख वजाईने वाजागाजाका कारण ध्वनी प्रर्दुषण बढाएको भन्दै दमक ८ का स्थानीयले आपत्ति जनाएका छन् ।
सेतुमारी रोडमा रहेको ककटेल रेष्ट्रो एण्ड वारले दैनिकजसो साँझपख चर्को ध्वनी वजाउदै कार्यक्रम गर्न थालेपछि स्थानीयले यहाँको एक होटल विरुद्ध स्थानीयले आपत्ति जनाएका हुन् । सेतुमारीसहित होटल नजिकका बासिन्दाले राती सुत्न नै नसक्ने गरि वाजागाजा गरिआएपछि गुनासो गर्न बाँध्य हुनुपरेको शिक्षिका समेत रहेकी चन्द्रा अधिकारीले वताईन् । होटलले ग्राहकलाई मनोरञ्जन दिनका लागि दैनिकजसो कन्सर्ट गरिआएको र त्यसले चर्को ध्वनी उत्पन्न गरिआएको स्थानीयको गुनासो छ ।शिक्षिका अधिकारीले भनिन्,–‘व्यवसायका नाममा कसैले ध्वनी प्रर्दुषण गर्न हुदैन्, त्यसवारेमा होटल सञ्चालकलाई जानकारी गराएका छौ’ यसअघि समेत सो रेष्ट्रोले ध्वनी प्रर्दुषण गराएको भन्दै प्रहरीमा उजुरी समेत गरेका थिए ।
रेष्ट्रोवाट पीडित भएका स्थानीयले आज रेष्ट्रो सञ्चालकलाई भेटेरनै त्यसवारे मौखिक रुपमा जानकारी गराएको र सञ्चालकले समेत अरुलाई असर नगर्ने गरि कार्यक्रम गरिने प्रतिवद्धता जनाएको उनले वताईन् । उनले रातीपख पढ्ने उमेरका बालबालिका तथा ज्येष्ठहरुलाई ध्वनीले हैरानी वनाएको उनको भनाई छ । उनले थपिन, –‘हामीले उठाएका विषयमा सञ्चालकले चासो नदिए अव ध्वनी रोक्ने काममा कडाईका साथ लाग्ने छौ ।’
केहिबर्ष अघि स्थापना भएको सो रेष्टोमा पछिल्ला समय भने कलाकार ल्याँएर साझैपख सांगीतिक कार्यक्रम गर्न थालेको थियो । शुरुवात तिर हप्ताको शुक्रवार मात्र त्यस्तो कन्सर्ट गरिआएपनि अहिले भने साँझैपिछे चर्को बाजागाजासहित गरिने कार्यक्रमको प्रस्तुतिले हैरानी पार्देआएको स्थानीय हरि ओलीले वताए ।
रेष्ट्रो सञ्चालक उत्सव भटटराईले अव स्टेज कार्यक्रममा गरिने ध्वनी नियन्त्रण गर्न आवश्यक व्यवस्थापन गर्न थालिएको वताए ।
यसैगरि, दमक वजारस्थित नमुना मार्ग क्षेत्रमा खोलिएका यस्तै किसिमका कतिपय रेष्ट्रोमा समेत चर्को ध्वनी प्रर्दुषणले स्थानीयहरु हैरानीमा परेका उनीहरुको गुनासो छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय