
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ । प्रशासनले मास्क प्रयोग नगर्नेलाई कारवाही गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमणको जोखिम उच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो ।
कार्यलयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी मुलुक भारतमासमेत कोरोना क्रमण बढ्दै गएकोले त्यसको प्रभाव काठमाडौँ उपत्यकामा पनि पर्ने उल्लेख गरेको छ ।

जोखिमलाई न्यूनिकरण गर्न सार्वजनिक स्थलमा भिडभाड नगर्न, होली घरमै मनाउन, सार्वजजिक स्थानमा मास्क, स्यानिटाजर र सामाजिकरभौतिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सार्वजनिक स्थानमा मास्कको प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई संक्रमक रोग ऐन, २०२० बमोमिक कारबाही गरिने कार्यालयले जनाएको छ ।