jQuery(document).ready(function($){ //
});

कहिले काहीँ यस्ता समाचारहरु आउँछन्, जसले पढ्नेहरुलाई अच्चमित बनाउँछ। यस्तै समाचार थाइल्यान्डको एक अनलाइन पोर्टलले प्रकाशित गरेको छ। समाचारअनुसार एक चोर चोरी गर्न एउटा घरमा प्रवेश गर्छ, चोरी गर्दे उद्देश्यले घर छिरेका ती चोर एसी खोलेर त्यही घरमा सुतेछन्। सुतेको कोठा अरुको कोहीको नभएर घर मालिकको छोरीको रहेको समाचारमा उल्लेख छ।

थारुल्यान्डको सेन्ट्रल प्रान्तमा ती २२ वर्षीय युवक राति २ बजे घरमा छिरेको र एसी देखेर त्यही सुतेको बयान दिएका छन्।

RAWA Hills Town Property

RAWA Hills Town Property

भोलिपल्ट घरमालिक उठ्दा छोरीको कोटाको एसी खुल्लै भएको चाल पाए। उनकी छोरी त्यस दिन बाहिर गएकी थिइन्। बाहिर गएकी छोरीको कोठामा एसी चलेको देखेर घरमालिक अच्चमित भए।

उनले झ्यालबाट चिह्याए। त्यहाँ अपरचित व्यक्ति मस्त निदाइरहेका थिए। घर मालिकले तत्कालै प्रहरीलाई खबर गरे। हुन त उनी आफैँ पनि प्रहरी थिए, तर आवश्यक कारबाहीको लागि प्रहरीलाई खबर गरे।

प्रहरीले उनलाई उठाउँदा उनी आफ्नै घरमा सुतेर उठेकोजस्तै गरे। त्यो देखेर प्रहरी पनि अच्चमित बनेका थिए। ती पुरुष अहिले प्रहरी हिरासतमा छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय