jQuery(document).ready(function($){ //
});

निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधबार भर्चुअल माध्यमबाट सातवटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन्। 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को गत २६ माघको निर्णयानुसार सातवटै प्रदेशमा प्रदेश निर्वाचन आयोगका कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैँले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकताअनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था रहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सोही व्यवस्थाबमोजिम आयोगले गरेको सिफारिसका आधारमा हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साबिकका जिल्ला निर्वाचन कार्यालय खारेज भई आयोगको प्रादेशिक कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

उद्घाटन भएका नयाँ प्रदेश कार्यालयमा उपसचिवको नेतृत्वमा नौजना कर्मचारी रहनेछन् । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई नेपालको संविधानबमोजिम संघीय ढाँचाअनुकूल तुल्याउन र आयोगका कामकारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको बताए । 

यसरी स्थापित कार्यालयहरूबाट आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरणलगायत आयोगलाई तोकिएका कार्य सम्पादनमा थप सहजता हुने उनको विश्वास छ । साथै जिल्ला निर्वाचन कार्यालयहरूको कामकारबाहीमा पनि प्रभावकारी समन्वय हुने विश्वास थपलियाले व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय