
सामाजिक क्षेत्रमा क्रियाशील जीवन चक्र समाज नेपाल संस्थाको अध्यक्षमा पुनः गणेश प्रसाद गौतम चुनिएका छन् । समाजको २० गते दमकस्थित होटल पाथिभारा सम्पन्न दोस्रो साधारणसभाले दुई बर्षेकार्यकालका लागि पुनः गौतमलाई अध्यक्ष चयन गरेको छ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा टंक प्रसाद दाहाल (सिदार्थ ) ,सचिवमा बेनुराज प्रसाईं ,प्रवक्तामा प्रदिपराज पौडेल र कोषाध्क्षयमा खगेन्द्र बराल चुनिएका,यस्तै सदस्यहरुमा चैतन्य बराल, बिमल शर्मा ,सुनिता निरौला पौडेल,भवानी पाण्डे (हरि ) र गंगा बराइली चयन भएका छन् ।
साधारणसभाको बन्दसत्रमा संस्थाका अध्यक्ष गौतमसहित कोषाध्यक्षको प्रतिवेदनलाई सुझावसहित पारित गरिएको थियो । संस्थाले दमकमा सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिआएको छ ।