jQuery(document).ready(function($){ //
});

इटहरी । इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधी बिराटनगर महानगरपालिकाले जितेको छ । दमक नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो ।

उपाधी संगै बिराटनगरले नगद २ लाख रुपैया हात पारेको छ । उपबिजेता दमक नगरपालिकाले नगद १ लाख रुपैयामा चित्त बुझाएको छ । बिराटनगरले उपाधी जितेको खुसियालीमा प्रतियोगिताका बिशिष्ट अतिथि समेत रहेका महानगरप्रमुख भीम पराजुलीले पुरस्कार राशीमा नगद २ लाख थप गरिदिएका छन । आफ्ना नगरका खेलाडीहरुलाई २ लाख थप गरिदिएका हुन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बिराटनगरको जितमा भुवन बस्नेतले गरेको एक मात्र गोल निर्णयक बन्यो । प्रतियोगिताको उत्कृट खेलाडी बिराटनगरका असिम राई घोषित भए । खेलको म्यान अफ द म्याच दमकका प्रबिण राई घोषित भए ।

बिराटनगरका सनम राई उत्कृष्ट गोलकिपर, रमेश राजबंशी उत्कृष्ट डिफेण्डर, सुशान्त तामाङ, उत्कृष्ट फरवार्ड, भुवन बस्नेत सर्वाधिक गोलकर्ता र पारष चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । दमकका माल्दिना आंगपुचो उत्कृष्ट मिडफिल्डर भए ।

बिजेता तथा उपबिजेता टिमलाइ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल, प्रदेश एकका प्रमुख संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, एन्फा बरिष्ठ उपाध्यक्ष पंकज नेम्वांग, मानार्थ उपाध्यक्ष किशोर राइ, केन्द्रिय सदस्य दिपक राई लगायतले पुरस्कार बितरण गरे ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा सम्पन्न प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी थिए । चैत्र १३ गतेदेखी सुरु भएको प्रतियोगिताको काँग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रुपमा उद्धघाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय