jQuery(document).ready(function($){ //
});

दमक/
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगिता, छनौट चरणका खेल आजबाट शुभारम्भ भएको छ।

चैत्र २२ देखि २४ गते सम्म हुने खेलहरु हिमालय माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय मा सञ्चालन हुनेछ।
‘ स्वास्थ्य को लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारा रहेको प्रतियोगिताको आयोजना दमक नगरपालिकाले गरेको छ भने समन्वय तथा सहकार्य नगर खेलकुद विकास समितिले गरेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतियोगिताको शुभारम्भ कार्यक्रमको अध्यक्षता हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम प्रसाद आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथि नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागांई हुनुहुन्थ्यो साथै अतिथिहरुमा शिक्षा अधिकृत प्रवीण खड्का र सोमनाथ गुरागाईं, नगर खेलकुद सदस्य सचिव डम्बर राज बराल र प्रजिता एकेडेमी,दमक १ का फाउन्डर जीवन शिवाकोटी रहनुभएको थियो।

छनौट चरणको औपचारिक उद्घाटन नगर खेलकूद अध्यक्ष चम्लागांईले प्रधानाध्यापक आचार्यलाई सिठ्ठी हस्तान्तरण गरेर शुभारंभ गर्नुभएको थियो।
खेलकाे पुरस्कार बितरण तथा समापन कार्यक्रम चैत्र २४ गते बिशेष कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गर्ने आयाेजकले जानकारी दिएकाे छ।

थुप्रै शिक्षक, खेलाडीहरू र विद्यार्थीहरू उपस्थित कार्यक्रमलाई लोकबहादुर खड्काले संचालन गर्नु भएको थियो।

सबै खेलहरुको फाइनल २४ गते रहने साथै सोहिदिन पुरस्कार बितरण पनि रहेको नगर खेलकुद सदस्य सचिव बरालले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय