jQuery(document).ready(function($){ //
});

विर्तामोड । झापाको विर्तामोडमा रहेको गाउँले होटलका सञ्चालक तिलक निरौलाको रहस्यमय मृत्यू भएको छ । उनी शुक्रवारदेखी वेपत्ता थिए । वेपत्तापछि प्रहरीसँग खोजतलासीका लागि परिवारले निवेदन दिएको भोलीपल्ट (आइतवार) निरौलाको शव चारआली जंगल क्षेत्रमा फेला परेको छ ।

आइतवार विहान प्रहरीले गस्तीको क्रममा उनको मोटरसाइकल फेला पारेको थियो । विहान ८ बजेपछि प्रहरीले वेवारिसे अवस्थामा मोटरसाइकल भेटिए पछि पहिचान गर्दा निरौलाको भएको पुष्टि भएको थियो । मोटरसाइकल भेटिएपछि प्रहरीले आसपासमा उनको खोजी गरेको थियो । खोजविनको क्रममा नजिकै जंगलमा मृत अवस्थामा भेटिएका निरौलाको अपहरणपछि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । उनको साथबाट प्रहरीले मोवाइलसहित प्लास्टिकको विर्को र गोजीमा चिठी समेत फेला पारेको अनुसन्धान अधिकृतहरुले जानकारी दिएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विर्तामोडमा लामो समयदेखि होटल व्यवसायको क्षेत्रमा जमेका निरौलाको हत्या हुन सक्ने भन्दै प्रहरीले धरानबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाएको थियो । सो कुकुरले पूर्वपश्चिम राजमार्ग सम्म पहिचानका लागि जंगलबाट निस्किएको प्रहरीको भनाई छ । उनको थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न धरान पठाइएको छ । पोष्टमार्टम रिपोट नआई केहि भन्न नसकिने झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । उनले अनुसन्धानलाई तीब्र रुपमा अघि बढाइएको बताएका छन् ।

पारिवारिक स्रोतका अनुसार उनी व्यापारीक कामका लागि साथी भेट्न भन्दै घरबाट निस्किएका थिए । घरबाट दिउँसो निस्किएको र त्यसपछि सम्पर्कविहीन भएको बुझिएको छ । निरौला होटल व्यवसायसँगै जग्गाको व्यापारमा समेत लागेका थिए ।

झापा प्रहरीका अनुसार दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

होटल व्यवसायी संघ झापाले घटनालाई मसिनो गरि अनुसन्धान गर्न आग्रह गरेको छ । संघले निरौलाको हत्या भएको भन्दै संलग्नहरुलाई यथाशस्य पक्राउ गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय