
झापा / दमक नगरपालिकाको आयोजनामा मिति २०७७ चैत्र २२,२३ र २४ गते त्रीदिवस्य दोस्रो दमक रनिङ्ग शिल्ड तथा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता छनौट चरण आज चैत्र २४ गते हिमालय उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको छ।

दमक नगरपालिकाको नगर उपप्रमुख श्री गीता अधिकारीको अध्यक्षता भएको पुरस्कार वितरण तथा समापन समारोहको प्रमुख आतिथ्यता नगर प्रमुख श्री रोमनाथ ओलीले गर्नु भएको थियो।

विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको समापन समारोहमा नगर खेलकुद विकास समिति अध्यक्ष लगायत पदाधिकारीको उपस्थिति रहेको थियो।
खेल महोत्सव मा करिब १५०० विद्यार्थीहरूको खेलकुदमा प्रत्यक्ष सहभागिता रहेको थियो।
५०० खेलेडी विद्यार्थी विभिन्न विधामा पुरस्कृत भएका छन्।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाले तोकेको खेल विधामा, सहभागी खेलाडी विद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।

सहभागी विद्यालयले विजय गरेको विधागत प्रतिस्पर्धाको आधारमा दमक रनिङ शिल्ड उठाउन उत्कृष्ट विद्यालय हिमालय माध्यमिक विद्यालय रहेको छ, दृतिय स्थान हासिल गर्न सुर्यदय अङ्ग्रेजी बोर्डिङ स्कुल सफल भएको छ साथै तृतीय स्थान हासिल गर्न सरस्वती माध्यमिक विद्यालय सफल भएको छ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारालाई सफल बनाउन खेलाडी विद्यार्थीहरुले नै मार्गनिर्देशक बन्नु पर्ने आजको आवश्यकता रहेकोले सोही अनुरूप कार्यक्रम तय गर्नु पर्ने सहभागीहरुले बताएका छन्।

दोस्रो दमक रनिङ शिल्ड २ किलो चाँदीमा नगरको पहिचान झल्किने गरी तयार गरिएको नगर खेलकुद विकास समिति सदस्य सचिव डम्मर बरालले जानकारी दिनुभयो।

विजय खेलाडीबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झापा खेलमा सहभागी गराइने नगर खेलकुद अध्यक्ष भीम राज चौलागाईले जानकारी दिनुभयो।