
विराटनगर । आज नेपाल पत्रकार महासङ्घको चुनाव जारी छ। आज बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने चुनावमा महासङ्घको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनमा १३ हजार १२२ मतदाता छन्। प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ।
मतदान सम्पन्न भएपश्चात आज बाटै मतगणना शुरु गरिनेछ। सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ भइरहेको छ । मोरङमा भइरहेको चुनावमा शाखामा शंकर खरेल र प्रदेशमा लिलाबल्लभ घिमिरेको प्यानलको पल्ला भारी रहेको यहाँका सञ्चारकर्मी बताउँछन् ।