jQuery(document).ready(function($){ //
});

दमक । प्रधानमन्त्रीको गृह जिल्ला झापामा सरकार समर्थक पत्रकार संगठनको उपस्थिति फितलो देखिएको छ । हिजो विर्तामोडमा भएको नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन र मिडिया नेपाल विचको गठबन्धनका साझा उम्मेद्वार अध्यक्षमा एकराज गिरी भारी मतका साथ विजयी भएका छन् ।

केपि ओली समर्थक प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका अध्यक्ष उम्मेद्वार विशाल नेम्माङले ७४ मत र माधव नेपाल समर्थक प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गर्दा गिरीले १५५ मत प्राप्त गरि अध्यक्षमा विजयी हुनुभएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यसैगरि उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १३१ मत प्राप्त गरि निर्वाचित भएका छन्। नेम्माङको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्तगरे भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त ल्याएका थिए ।

महिला उपाध्यक्षमा गिरीकै प्यानलकी शुशिला संग्रौलाले १४० मत प्राप्त गरी निर्वाचित भइन् भने नेम्माङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १०७ मत प्राप्त गरिन । सचिवमा गिरी प्यानलकै डिकेश लामाले १२८ मत प्राप्त गरी विजयी बन्दा सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत पाए भने प्रेम कुमार आचार्यले २५ मत प्राप्त गरेका थिए । खुल्ला सह सचिवमा गिरी प्यानलका राजु पाठक १५५ मत सहित निर्वाचित हुँदा नेम्माङ प्यानलका बिनोद सापकोटाले ९२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी समावेसी सह सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १७२ सर्वाधिक मत ल्याई बिजयी भए भने नेम्माङ प्यानलका देशराज नेम्माङले ७३ मत मात्रै प्राप्त गरे।

कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जीत प्रसाईं १३३ मत प्राप्त गरी विजयी भए भने नेम्माङ प्यानलका रमेश तिवारीले ११५ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलबाट चिरञ्जिवी घिमिरे १३३, मनिषा चम्लागाईं १५१, शुष्मा राजवंशी ११५, होमप्रसाद अधिकारी १२२, विनोद पाण्डे १४७, द्रोण अधिकारी १०७ र रञ्जित परियार १४० मत प्राप्त गरि निर्वाचित भएका छन् भने नेम्माङको प्यानलबाट राजन साम्पाङ १२४, सुनिरा मैनाली १२१, अच्युतराज सुवेदी १०७, र अनिल वाग्ले १०५ निर्वाचित भएका छन ।

नेपाल पत्रकार महासंघ झापा शाखाका २६३ सदस्य मध्ये २५६ जना पत्रकारहरुले मतदान गर्दा ४ जना सदस्यहरु बाहेक सम्पूर्ण पदाधिकारीहरु गिरी प्यानलबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय