jQuery(document).ready(function($){ //
});

झापा ।। मौलिक जरोकिलो पार्टी, प्रदेश नम्बर १ अध्यक्ष इन्द्र प्रसाद ओली तथा नेपाल च्याम्बर अफ कमर्सका प्रदेश नम्बर १ अध्यक्ष राजेन्द्र घिमिरेले ३ दिवसीय सीपमुलक तालिमको संयुक्त उद्घाटन गर्नुभएको छ ।

tcn

अर्ग्यानिक कपुरधुप सीपमुलक तालिम नाम दिइएको उक्त तालिम कार्यक्रम ३ दिनसम्म चल्नेछ । जरो किलो महाअभियानको विशिष्टीकृत संस्था युगनिर्माण महिला समाज नेपालद्वारा उक्त कार्यक्रमको आयोजना गरिएको हो । चन्द्रकला दाहाल दाहालको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा शिक्षाविद् डा रुपक खनाल, राधा सुब्बा, तुलसा खरेल लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

झापा र मोरङ्ग जिल्लाका विभिन्न क्षेत्रबाट ३२ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा खेमकुमारी ओली प्रशिक्षकको रुपमा रहनुहुनेछ । हाल बजारमा पाइने सिन्केधुपले मानव स्वास्थ्यको निम्ति हानिकारक भएको हुँदा स्वदेशमै उत्पादन गर्न सकिने र मानव स्वास्थ्यलाई पनि जोखिममा नपार्ने कपुरधुप उत्तम विकल्प हुनसक्ने भएकोले यस किसिमको धुप बनाउने तालिमको आयोजना गरिएको कुरा कार्यक्रम संचालक अर्जुन भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय