jQuery(document).ready(function($){ //
});

झापा। युग निर्माण महिला समाज नेपाल १ नम्बर प्रदेश समिति द्वारा आयोजीत अर्गानिक कपूर धूप सिप तालिमको आज समापन भएको छ।

महिला दिदीबहिनीहरुमा उद्यमशीलता, रोजगारी, व्यक्तित्व विकासका लागि आयोजीत तालिममा ४२ जनाको सहभागिता रहेको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

कार्यक्रम संयोजक चन्द्रकला भट्टराई दहालको सभापतित्वमा आयोजीत समापन समारोह र प्रमाण पत्र वितरण कार्यक्रममा मौलिक जरोकिलो पार्टी का १ नम्बर प्रदेश संयोजक इन्द्र प्रसाद ओलिको प्रमुख उपस्थिती रहेको थियो साथै विशिष्ठ उपस्थिति मौलिक जारोकिलो पार्टी १ नम्बर प्रदेश महासचिव अर्जुन भट्टराई, सचिवहरु रोमा देवी निरौला र राजकुमार दहाल, मौलिक जारोकिलो पार्टी झापा जिल्ला संयजक नारायण रिजालको उपस्थिति रहेको थियो।

खेम कुमारी ओली प्रमुख प्रशिक्षक रहेको ३ दिने तालिमको समापन समारोहमा शिक्षा संयोजक तुलसा खरेल र केन्द्रीय संगठन विभाग सदस्य हीरा बास्तोलाको समेत उपस्थिती रहेको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण अथितीहरुले महिलाको हक हित र यस तालिम पश्चात उद्यमशीलतामा समेत टेवा पुर्याउने विषयमा कुरा राख्नु भयो।

प्रमुख अथिति ओलीले महिलाहरु जागरुक हुनुपर्ने र युग निर्माणका लागि हातेमालो गरेर अग्रसरताका साथ लाग्नु पर्ने भन्दै मन्तव्य व्यक्त गर्नुभयो।

उपस्थित सहभागिहरु मध्य चन्द्र चन्द, सुजाता कोइराला, भीमा शिवाकोटी, विद्या गौतमले ३ दिने तालिमको अनुभव साटासाट गर्नुभएको थियो साथै उक्त समापन कार्यक्रमको सहजीकरण अखिल नेपाली युवा संघ का केन्द्रीय सचिव सुलभ राज बरालले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय